Saturday 25 June 2011

कस्तो साथी हुनुहुन्छ ?

साथी एउटा अनमोल सम्बन्ध हो । यो एक अलग र सहज सम्बन्ध पनि हो । यसको अपरिहार्यता, आवश्यकता एवं महफ्व परिस्थितिअनुसार फरक-फरक हुनसक्छ । यो सम्बन्धको अनुभूति अन्य सम्बन्धको तुलनामा फरक एवं विशेष पनि हुन्छ ।



१.    तपाईंको दृष्टिकोणमा साथी...

    क)    जीवनको दृष्टिकोणमा रत्न,

    ख)    अरू सम्बन्धजस्तै हो,

    ग)    आवश्यकताअनुसारको सम्बन्ध ।

२.    आवश्यक परेको बेला साथी नै काम लाग्छ भन्ने कुरामा तपाईं कति सहमत हुनुहुन्छ ?


    क)    शतप्रतिशत,

    ख)    केही हदसम्म, 

    ग)    खासै आवश्यक छैन ।

३.    तपाईंलाई के मनपर्छ ?

    क)    साथीहरूको लामो सूची,

    ख)    सीमित साथीहरू,

    ग)    दुई-तीन जना साथी भए पुग्छ ।

४. तपाईंका साथीले तपाईंलाई कसरी सम्बोधन  गर्छन् ?

    क)    जादुगरहरूको मास्टर,

    ख)    विश्वसनीय,

    ग)    स्मार्ट ।

५.     यदि तपाईंको समूहका दुई साथीबीच झगडा भए ?

    क)    चाँडै झगडालाई सुल्झाउनुहुन्छ,

    ख)    दुवैलाई शान्त गराउनुहुन्छ,

    ग)    झगडाबाट टाढै रहने प्रयास गर्नुहुन्छ ।

६.     आफ्ना साथीहरूसित कहिले बाहिर जानुहुन्छ ?

    क)     जब तपाईंसित फिल्मको टिकट हुन्छ र खल्तीमा आवश्यक पैसा,

    ख)     जब तपाईंको मुड अफ हुन्छ,

    ग)     जब तपाईं फुर्सदमा हुनुहुन्छ ।

७.     विवाहपछि तपाईंको मित्रता...

    क)    अहिलेसम्म कायमै छ,

    ख)    मात्र फोनमा सीमित छ,

    ग)    दूरी बढिसकेको छ ।

८.     विशेष कामले बाहिर जान लागेका बेला कुनै साथीको फोन आए...

    क)    भरसक आफ्नो काम सकेर साथीको घर पुग्नुहुन्छ,

    ख)    समय नमिलेको भन्दै साथीसित माफी माग्नुहुन्छ,

    ग)    साथीको घर जानुहुन्न ।

९.    साथी परीक्षामा अनुत्तीर्ण भए....

    क)    पुनः तयारी गर्न आग्रह गर्नुहुन्छ,

    ख)    साथीलाई सान्त्वना दिनुहुन्छ,

    ग)    साथीबाट बच्ने प्रयास गर्नुहुन्छ ।

१०.    साथीको विवाह असफल भए...

    ख)     सक्दो सहयोग गर्नुहुन्छ,

    ख)     साथीलाई सान्त्वना दिनुहुन्छ,

    ग)     मन खोलेर रुन दिनुहुन्छ ।

११.    साथीले आफ्नो खिल्ली उडाए....

    क)    साथीको कुरालाई हावामा उडाइदिनुहुन्छ,

    ख)    साथीको पनि खिल्ली उडाउनुहुन्छ,

    ग)    तुरुन्तै रिसाउनुहुन्छ ।

१२. वेस्ट पन्डका बारेमा कसैले गलत सूचना दिए...

    क)    सत्य कुरा पत्ता लगाउनुहुन्छ

    ख)     कहिलेकाहीँ यस्तो हुन सक्छ ।

    ग)     कहिल्यै बोल्नुहुन्न ।

१३.    साथीलाई बचाउन झूटो बोल्नुहुन्छ ?

    क)    बोल्नुहुन्छ,

    ख)    कहिलेकाहीँ,

    ग)    कहिल्यै बोल्नुहुन्न ।

१४. के आफ्नो साथीप्रति अधिक पोजेसिव हुनुहुन्छ

    क)     छैन,

    ख)    अलिकति,

    ग)    अत्यधिक ।

१५. आफ्नो साथीलाई कति महत्त्व दिनुहुन्छ ?

    क)    शतप्रतिशत, तपाईंको जीवनमा  साथीको विशेष स्थान छ,

    ख)    आवश्यकताअनुसार,

    ग)    अन्य सम्बन्धलाई जत्तिकै  महत्त्व दिनुहुन्छ ।

१६.    साथीसित लामो समयसम्म सम्पर्क विहीन भए.....

    क)    कुनै पनि हालतमा सम्पर्क गर्ने प्रयास गर्नुहुन्छ,

    ख)    फोनमार्फत् सम्पर्क गर्नुहुन्छ,

    ग)    साथीबाटै सम्पर्क हुनुपर्छ भन्ने  सोच्नुहुन्छ ।

१९. के पैसाले तपाईंको मित्रतामा बाधा पुर्‍याउँछ ?

    क)    कहिल्यै पुर्‍याउँदैन,

    ख)    कहिलेकाहीँ,

    ग)    यो विषयलाई लिएर धेरै

    साथीहरूसँग सम्बन्ध बिगि्रएको छ ।

२०.    आफ्ना साथीहरूको सहयोगलाई सम्झनुहुन्छ ?

    क)    सधै,

    ख)    कहिलेकाहीँ,

    ग)    भुल्नुहुन्छ ।



स्कोर

    यदि अधिकतर उत्तर ँक’ छ भने मित्रताका बारेमा तपाईं उदाहरणीय एवं प्रशंसनीय हुनुहुन्छ । तपाईं मित्रताको गरिमालाई राम्रोसँग बुझ्नुहुन्छ र त्यसलाई उत्तिकै राम्रो ढंगले निर्वाह पनि गर्नु हुन्छ । साथीहरूबीच तपाईंको विशेष स्थान छ, किनभने साथीका सुखदुःखमा तपाईंले सधै साथ दिनुहुन्छ ।  दि अधिकतर उत्तर ँख’ छ भने तपाईंले आफ्नो मित्रताको भूमिका राम्रोसँग निभाए पनि तपाईर्ंलाई खालीपन महसुस हुन्छ जसले तपाईं आफ्ना साथीहरूसित त्यति नजिक हुनुहुन्न । आफ्नो साथीलाई उसको महत्त्व अनुभव गराउनुपर्छ । आत्मीयता बढाउन पहल गर्नु आवश्यक छ ।

 यदि अधिकतर उत्तर ँग’ छ भने तपाईं साथीको सम्बन्ध र महत्त्वबाट परिचित हुनुहुन्न । साथी सुख-दुःखमा साथ दिने व्यक्ति हो भन्ने कुरा बुझ्नुपर्छ । तपाईंले लेनदेनको भावना भन्दा माथि उठेर मित्रताको गरिमालाई बुझ्ने प्रयास गर्नुपर्छ ।

No comments:

Post a Comment