Tuesday 21 June 2011

डायबिटिज भएपछि कस्तो खाना खाने ?

जया प्रधान
  
      शरीरमा इन्सुलिन पर्याप्त मात्रामा उत्पादन नभएमा वा इन्सुलिनको उचित उपयोग नभएमा दोस्रो प्रकारको मधुमेह ९त्थउभ द्द म्ष्बदभतभक० हुन सक्छ यस्तो अवस्थामा साधारण स्वस्थ व्यक्तिको तुलनामा शरीरले खानाबाट प्राप्त हुने ग्लुकोजबाट पर्याप्त मात्रामा शक्ति अर्थात् क्यालोरी प्राप्त गर्न सक्दैन यस्तो स्थितिमा रगतमा ग्लुकोज घटाउन बढाउनमा दैनिक भोजनबाट प्राप्त हुने क्यालोरीको परिमाण एवम् यसको प्रकारले ठूलो प्रभाव पारेको हुन्छ पौष्टिक तत्त्वहरु जस्तै- कार्बोहाइड्रेट, प्रोटिन चिल्लो पदार्थ क्यालोरीका स्रोत हुन् तर कार्बोहाइड्रेट क्यालोरीको प्रमुख स्रोतको रुपमा लिइन्छ एक ग्राम कार्बोहाइड्रेटबाट क्यालोरी, एक ग्राम प्रोटिनबाट क्यालोरी एक ग्राम चिल्लो पदार्थबाट क्यालोरी शक्ति प्राप्त हुन्छ
प्रत्येक व्यक्तिको क्यालोरीको आवश्यकता उसको शरीरको अवस्था, लिंग, उमेरअनुसार फरक-फरक हुन्छ एक मधुमेह भएको व्यक्तिको दैनिक क्यालोरीको आवश्यकता दोस्रो व्यक्तिको भन्दा फरक हुन सक्छ साधारणतया ठिक्क तौल भएको एक जना मधुमेहीलाई प्रतिकिलो तौल बराबर २५ देखि ३० क्यालोरी शक्ति आवश्यक पर्छ यदि शरीरको तौल बढी भने त्यस्तो स्थितिमा महिला तथा पुरुष दुवैलाई ठिक्कको तौलभन्दा प्रतिकिलो तौल क्यालोरी कम हुनर्ुपर्छ यसै गरी कम तौल भएको अवस्थामा ठिक्कको तौल भएको अवस्थामा भन्दा क्यालोरी प्रतिकिलो तौल बढाउनर्ुपर्छ बढी तौल भएको अवस्थामा यदि दैनिक मझौला क्रियाकलाप मात्र गर्छन् भने त्यस्तो स्थितिमा प्रतिकिलो तौल बराबर १० क्यालोरी कम गर्नुपर्छ भने कम तौल भएको अवस्थामा १० क्यालोरी बढाउनुपर्ने हुन्छ
अन्य पौष्टिक तत्त्वको साथै भोजनबाट प्राप्त हुने दैनिक क्यालोरीको परिमाण सन्तुलित हुनर्ुपर्छ रगतमा ग्लुकोजको मात्रा ठीक राख्न, अन्य जटिल स्वास्थ्य समस्या हुन नदिन स्वस्थ तवरले जीवनयापन गर्न भोजनको व्यवस्था नितान्त आवश्यक हुन्छ यस्तो व्यवस्थित भोजनले व्यक्तिको दैनिक आवश्यकता पर्ूर्ति गर्नुको साथै स्वास्थ्य समस्यालाई न्यूनीकरण गरी औषधिको पनि काम गर्छ
सम्बन्धित डाक्टर तथा डाइटिसियनले सिफारिस गरेअनुसार क्यालोरीको परिमाण भएको भोजनको व्यवस्था गर्नुपर्छ सिफारिस गरिएको दैनिक कुल क्यालोरीको परिमाणमध्ये ५० देखि ५५ प्रतिशत कार्बोहाइड्रेटबाट, १५ देखि २० प्रतिशत क्यालोरी प्रोटिनबाट ३० प्रतिशत क्यालोरी चिल्लो पदार्थबाट प्राप्त हुने किसिमले दैनिक भोजनको व्यवस्था गर्नुपर्छ उदाहरणका लागि मधुमेह भएको एक जना व्यक्तिलाई कार्बोहाइड्रेट ५० प्रतिशत, प्रोटिन २० प्रतिशत चिल्लो पदार्थ ३० प्रतिशत -यसमध्ये प्रतिशत मात्र तृप्त फ्याटी एसिडबाट) रहेको ,५०० क्यालोरीको दैनिक भोजनको व्यवस्था गर्दा यी माथि उल्लिखित पौष्टिक तत्त्वहरु जस्तै- कार्बोहाइड्रेट, प्रोटिन चिल्लो पदार्थको परिमाण यस प्रकार निकाल्नर्ुपर्छ
-) कार्बोहाइड्रेटः
       १५०० क्यालोरी × .५०. ७५०
       ७५० क्यालोरी / - क्यालोरी/ग्राम).  १८७ ग्राम कार्बोहाइड्रेट
-) प्रोटिनः
       ,५०० क्यालोरी × .२०. ३०० क्यालोरी
       ३०० क्यालोरी / - क्यालोरी/ग्राम). ७५ ग्राम प्रोटिन
-) चिल्लो पदार्थ
       ,५०० क्यालोरी × .३०. ४५० क्यालोरी
       ४५० क्यालोरी / - क्यालोरी/ग्राम). ५० ग्राम चिल्लो पदार्थ
यसप्रकार ,५०० क्यालोरीको लागि कार्बोहाइड्रेट १८७ ग्रामदेखि १९० ग्राम, प्रोटिन ७५ ग्राम चिल्लो पदार्थ ५० ग्राम आवश्यक हुन्छ
यसअनुसार हिसाब गर्दा
१८७× क्यालोरी. ७४८
७५× क्यालोरी. ३००
५०× क्यालोरी. ४५०
कुल  क्यालोरी१४९८
यस प्रकार दैनिक भोजनमा क्यालोरीको परिमाण सन्तुलित राख्न क्यालोरी दिने खाद्यपदार्थको छनोटमा विशेष ध्यान दिनर्ुपर्छ सबै प्रकारका खाद्यसमूहबाट उचित परिमाणमा खाद्यपदार्थ छनोट गर्नुको साथै भोजनमा फाइबरयुक्त खाद्यपदार्थलाई प्रमुख स्थान दिनर्ुपर्छ यसले पाचनक्रियालाई मात्र ठीक नराखी रगतमा ग्लुकोजको परिमाण घटाउन, शरीरको तौल घटाउन रगतमा कोलेस्टेरोल कम गर्नसमेत मद्दत पुर्याउ अर्थात् भोजनमा क्यालोरीको मात्रा कम गर्न फाइबरयुक्त खाद्यपदार्थ जस्तै- पूरै अन्य, जौ, गेडागुडी, हरियो सागपात आदि समावेश गर्नुपर्छ करिब १००० क्यालोरी बराबर १४ ग्राम फाइबर भोजनमा समावेश गर्नुपर्छ
एकातिर चिल्लो पदार्थले कार्बोहाइड्रेट प्रोटिनले भन्दा बढी शक्ति दिन्छ भने अर्कोतिर यसमा कोलेस्टेरोल तृप्त फ्याटी एसिड प्रशस्त हुने भएकोले मधुमेह भएका व्यक्तिहरुलाई मुटुसम्बन्धी समस्याको प्रबल सम्भावना भएकोले भोजनमा यसको समावेश गर्दा र्सतर्कता अपनाउनर्ुपर्छ दैनिक क्यालोरी नियन्त्रण गर्न कुल क्यालोरीमध्ये ३० प्रतिशत, त्यसमा पनि १० देखि प्रतिशत मात्र तृप्त फ्याटी एसिड प्राप्त हुने किसिमले भोजनको योजना गर्नुपर्छ साफोला तेल, सनफ्लावर तेल, मकै-भटमासको तेल आदि प्रयोग गर्दा उपयुक्त हुन्छ
मधुमेह भएका व्यक्तिहरुलाई दैनिक भोजनको व्यवस्था गर्दा आवश्यक पर्ने क्यालोरीको परिमाणलाई सन्तुलित राखी रगतमा ग्लुकोजको मात्रा ठीक राख्न केही कुराहरुमा ध्यान दिन आवश्यक पर्छ
ध्यान दिनुपर्ने कुरा
 सिवस्थकर कार्बोहाइड्रेटको छनोटः विशेषतः स्वास्थ्यको लागि फाइदा दिने कार्बोहाइड्रेटयुक्त खाद्यपदार्थ जस्तै- फलफूल, सागसब्जी, पूरै अन्न, गेडागुडी तथा कम चिल्लो वा चिल्लोरहित दूध तथा दूधबाट बनेका परिकारको प्रयोग गर्नुपर्छ
       पिmाइबरयुक्त खाद्यपदार्थको प्रयोगः फाइबर शरीरले पाचन तथा शोषण गर्न नसक्ने विशेषतः वनस्पति स्रोतबाट प्राप्त हुन्छ यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्नुको साथै मुटुसम्बन्धी समस्या हुनबाट बचाउ हरियो सागसब्जी, फलफूल, गेडागुडी, गहुको चोकर, जौ आदिमा प्रशस्त फाइबर हुन्छ
       राम्रो चिल्लो पदार्थको प्रयोगः हुन चिल्लो पदार्थ क्यालोरीको उत्तम स्रोत भएकोले मधुमेह भएका व्यक्तिहरुको भोजनको योजना
गर्दा ठीक परिमाणमा मात्र मनो- अतृप्त फ्याटी एसिड पोली- अतृप्त फ्याटी एसिडयुक्त चिल्लो पदार्थ जस्तै- सनफ्लावर, तिल, मकै, भटमास, तोरी, बदाम, ओलिभ आदि प्रयोग गर्नुपर्छ
       खानामा क्यालोरीको मात्रा नियन्त्रण गर्न एक्सेचन्ज लिस्ट ९भ्हअजबलनभ ष्कित० लाई पनि प्राथमिकता दिनर्ुपर्छ एक सभि· एक्सचेन्ज खाद्यपदार्थले सोही समूहमा पर्ने खाद्यपदार्थको बराबर कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ क्यालोरी दिनुको साथै सोहीअनुरुप रगतमा ग्लुकोजको प्रभाव पार्छ जस्तै- एउटा सानो स्याउको सट्टामा एक तिहाइ -१३) कप पकाएको पेस्ता दिंदा त्यत्ति नै क्यालोरी पाउ
       सिम्बन्धित डाक्टर तथा डाइटिसियनबाट सिफारिस गरेअनुसारको क्यालोरीको परिमाणलाई ध्यानमा राखी दैनिक खानाको योजना गर्नुपर्छ दैनिक कति पटक, कुन समयमा, कस्तो प्रकारको खाना खाने भन्ने कुरा भोजनको योजनामा समावेश गर्नुपर्छ
       मिधुमेह भएका व्यक्तिहरुको लागि भोजनको योजना गर्दा एक्सचेन्ज प्रणालीको महत्त्व भएझैं खानाको ग्लाइसेमिक इन्डेक्स ९न्थिअझष्अ ष्लमभह० बारे पनि ध्यान दिनुपर्छ कम ग्लाइसेमिक इन्डेक्स भएको खाद्यपदार्थले रगतमा ग्लुकोजको परिमाण कम गर्छ भने बढी ग्लाइसेमिक इन्डेक्सले बढाउ
       शून्य क्यालोरी ९श्भचय अबयिचष्भ० अर्थात् क्यालोरी मात्र प्राप्त हुने खाद्यपदार्थ तथा पेयपदार्थ दैनिक भोजनमा समावेश नगर्दा बेस हुन्छ यस प्रकारका खाद्यपदार्थले क्यालोरीबाहेक अन्य पौष्टिक पदार्थहरु दिंदैन चिनी नभएको ताजा कागतीको जुस, हर्बल चिया तथा शुद्ध सफा पानी प्रशस्त पिउनर्ुपर्छ
       दैनिक भोजनमा क्यालोरी सन्तुलित गर्नका लागि पकाउने विधिमा समेत ध्यान दिनर्ुपर्छ उमाल्नु, बफाउनु, बेक गर्नुजस्ता चिल्लो कम हाली पकाउने विधि अपनाउदा उपयुक्त हुन्छ
       मिधुमेहका बिरामीहरुले विशेषतः शरीरको तौल ठीक वा छैन, सोको ख्याल राख्नर्ुपर्छ शरीरको तौल ठीक भने खानाको परिमाणमा फेरबदल गर्न जरुरी हुदैन तर कम वा बढी तौल भने सोहीअनुरुप भोजनमा क्यालोरीयुक्त खाद्यपदार्थको उचित छनोट गरी २५ प्रतिशत थपघट गर्नुपर्ने हुन्छ
भेजिटेबल स्यान्डविच
आवश्यक सामग्री
मसिनो काटेको तोफु      - २० ग्राम
काटेको मुला     - १० ग्राम
काटेको पालु·  - १० ग्राम
ओलिभ तेल     - चिया चम्चा
ताजा कागतीको रस      - आधा चिया चम्चा
जीराको धूलो     - थोरै
अदुवा-लसुनको धूलो      - थोरै
बाबरीको धूलो    - एक चिम्टी
मरिचको धूलो    - स्वादअनुसार
सुकेको दाख     - टेबल चम्चा
बन (गहुको पीठोको)    - वटा
विधि
र्सवप्रथम बन सुकेको दाखबाहेक सम्पर्ूण्ा सामग्रीलाई एउटा बावलमा हाली राम्ररी मिलाउनर्ुपर्छ त्यसपछि बनलाई बीचबाट काटेर अगाडि मिलाएको खाद्यसामग्री स्टफ ९क्तगाा० गर्नुपर्छ अन्त्यमा एउटा प्लेटमा राखेर माथिबाट सुकेको दाख हाली र्सव गर्दा बेस हुन्छ यसरी तयार गरेको बन स्न्याकको रुपमा एक पटक खान सकिन्छ एक र्सर्भि·मा करिब १४८ क्यालोरी, २२ ग्राम कार्बोहाइड्रेट, ग्राम प्रोटिन प्राप्त गर्न सकिन्छ क्यालोरी त्यत्ति नै प्राप्त हुने किसिमले बनको सट्टा पाउरोटी वा अन्य रोटी, पालु·ोको सट्टा अन्य हरियो सागसब्जी तथा तोफुको सट्टा त्यत्ति नै प्रोटिन प्राप्त हुने अन्य खाद्यपदार्थ एक्सचेन्ज गरेर खानामा विविधता ल्याउन सकिन्छ

No comments:

Post a Comment