Tuesday 21 June 2011

केटाकेटी किन नुहाउन मान्दैनन् ?

      हाम्रो समाजमा बच्चालाई रुघा, खोकी, चिसो आदिले सताउँछ भनेर प्रायः कमै नुहाइदिने गरिन्छ । धेरै समयको अन्तरमा नुहाइदिँदा मैलो निकाल्नका लागि मिची-मिची नुहाइदिने गरिन्छ ।


जसले गर्दा बच्चाहरुमा नुहाउनुप्रति नकारात्मक सोच बस्नुका साथै सफासुग्घर रहनुपर्छ भन्ने भावना पनि हराउँदै जान्छ । कतिपय बच्चाहरु आमाले आँखा पिरो हुने र दुख्ने गरी नुहाइदिनुहुन्छ भन्दै नुहाउने बेलामा भाग्ने गर्छन् ।

सबैका बच्चा नुहाउन नमान्ने, नुहाउने बेलामा भाग्ने, रुने हुन्छन् भन्ने छैन । कसैका बच्चा खुशीसाथ रमाई-रमाई नुहाउने गर्छन् । कारण ती बच्चाकी आमासँग समस्याको समाधानका उपायहरु हुन्छन् । सधैँ सफासुग्घर रहनाले निरोगी भइन्छ भन्ने जानकारी सानैदेखि बच्चाहरुमा दिने र आँखा पिरो नपारी, नदुखाई, फकाउँदै नुहाइदिने गर्दा बच्चा खुशी हुन्छन् ।


प्रायः बच्चाको कपाल पातलो हुन्छ । बच्चा दुइ वर्षो हाराहारीमा पुग्दा कपाल बाक्लिन थाल्छ । अनि बच्चाले यताउति चकचक गरिरहने भएकाले कपालसहित पूरै शरीर छिटो फोहोर हुन सक्छ । त्यसैले स्वास्थ्य र सौर्न्दर्यका लागि बच्चाहरुलाई सफा राख्नु जरुरी हुन्छ । सफा बच्चाहरु चिटिक्क देखिन्छन् । त्यस्ता बच्चाहरु राम्रो देखिने भएकाले सबैको प्यारो हुन्छन् ।

बच्चाहरु स्वभावैले चकचके हुन्छन् । उनीहरु लडिबुडी खेल्छन् । उनीहरुको शरीरमा खानेकुरा, धूलोमैलो, कपाल, आदि टाँसिन सक्छ । त्यस्तै उनीहरु विभिन्न वस्तुहरु छुन्छन् र समाउँछन् । यसले पनि उनीहरु फोहोरी देखिन सक्छन् । जसले गर्दा उनीहरुमा जुम्रा पर्ने, घाउ-खटिरा आउने, कपाल अल्भिmने, चिपचिप हुने आदि समस्या आउँछ । त्यसैले पनि बच्चालाई समय-समयमा नुहाइदिएर सफा राख्नु जरुरी हुन्छ । बच्चालाई नुहाइदिनुअघि नै हामीले आवश्यक कुराहरुमा ध्यान दिनर्ुपर्छ । यसो गर्दा विनाकठिनाइ छिटोछरितो र आरामपर्ूवक बच्चालाई सफासुग्घर राख्न सकिन्छ ।

ध्यान दिनुपर्ने कुरा

स्याम्पु वा साबुन प्रयोग गर्दा बच्चाकै लागि बनाइएको विशेष प्रकारको साबुन वा स्याम्पु प्रयोग गर्नुपर्छ । यस प्रकारको स्याम्पुमा कुनै पनि बनावटी सामानको समिश्रण हुँदैन । जस्तो कि कन्डिसनर, र्फम बुस्टर -फिँज निकाल्ने), पफर््र्युम आदि प्रयोग गरिएको हुँदैन । यस्तो स्याम्पु स्वास्थ्य र सरसफाइलाई मात्र ध्यानमा राखेर बनाइएको हुन्छ । जसले आँखा पनि पिरो हुँदैन, छाला एवम् कपाललाई पनि हानि पुर्‍याउँदैन । बच्चाले पनि नुहाउँदा पानी र बबल्स खेल्दै मजा लिन सक्छ ।

स्याम्पु गर्नुअघि कपाल कोर्नुपर्छ, जसले गर्दा फोहोरमैला निस्कनुका साथै अल्झेको कपाल पनि फुक्छ । स्याम्पु लगाउँदा हल्का तरिकाबाट औंलाको टुप्पोको भागतिर रहेको कुसनबाट मसाज गर्नुपर्छ । बच्चाको टाउको नरम हुन्छ । पूरा आकार पनि बनेको हुँदैन । त्यसैले हल्का किसिमले कपाल, कान, घाँटी र शरीर नुहाइदिनर्ुपर्छ ।

पानी पनि ठिक्क मात्रामा तातो हुनर्ुपर्छ । ठूलो मान्छेलाई ठिक्क भएको तातो पानी बच्चालाई धेरै तातो हुन सक्छ । ठिक्क चिसो पानी बच्चालाई बढी चिसो हुन सक्छ । तर्सथ बच्चालाई आनन्द हुने खालको पानीको व्यवस्था गर्नुपर्छ ।

सकेसम्म टाउको पखाल्दा बच्चालाई पछिल्तिर धकेलेर पानीले पखाल्नर्ुपर्छ । यसका लागि निधारतिर एउटा हातले कपको आकार बनाउँदै पानीले पखाल्नु राम्रो हुन्छ अन्यथा अनुहारमा परेको पानीले बच्चा आत्तिन सक्छ ।

टाउको मात्र नुहाइदिँदा काखमा राखेर नुहाइदिनु बेस हुन्छ । यदि पूरा नुहाइदिनु छ भने बेबी बाथ टब वा मेचमा राखेर नुहाइदिनुपर्छ । यसले गर्दा बच्चा चिप्लेर लड्ने र चोटपटक लाग्ने डर हुँदैन ।

बच्चाको लागि प्रयोग गरिने रुमाल सकेसम्म सेतो, सफा, भुवादार र नरम हुनुपर्छ । बच्चाको छाला एकदम नरम हुन्छ । हल्का थपथपाएर पुछ्नु र शरीरलाई सुकाउनुपर्छ । नरम खाले ब्रसबाट कपाल कोरिदिनुपर्छ । हल्का हेयर आयल लगाइदिनु राम्रो हुन्छ । अनुहार र शरीरमा बेबी म्वाइस्चराइजर लगाइदिनुपर्छ ।

िबनु श्रेष्ठ
 ब्युटिसियन

No comments:

Post a Comment