Sunday 26 June 2011

उच्च रक्तचापको योग चिकित्सा


मानिसको खानपान, दिनचर्या जीवनशैलीमा आएको परिवर्तनले गर्दा स्वास्थ्यको स्तरसमेत प्रभावित भइरहेको यसले गर्दा रक्तचापको समस्या पनि बढ्दै गैरहेको यो समस्या महिला, पुरुष युवा, वृद्ध सबैलाई हुने गर्दछ
मुटुले रगत पम्प गरेर शरीरभर शुद्ध रगत पठाउँछ शरीरको सबै भागमा अक्सिजन, पोषण -ऊर्जा) आदि पुर्याउँछ रक्तसञ्चारको क्रममा मुटुले रगत पम्प गर्दा त्यसबाट रक्तनली
-धमनी) हरुमा एक प्रकारको चाप -दबाब) पर्छ  त्यसैलाई रक्तचाप ९द्ययियम एचभककगचभ० भनिन्छ मुटुले रगत पम्प गर्दा यो एक पटक खुम्चिन्छ पुनः फैलिन्छ मुटु खुम्चिएको बेला धमनीमा पर्ने रक्तचापलाई माथिल्लो रक्तचाप ९क्थकतयष्अि  द्ययियम एचभककगचभ० भनिन्छ त्यसरी नै मुटु फैलिएको अवस्थामा परेको चापलाई तल्लो रक्तचाप ९म्ष्बकतयष्अि द्ययियम एचभककगचभ० भनिन्छ
सामान्य अवस्थामा स्वस्थ मानिसलाई चाहिनेभन्दा बढी रक्तचाप भयो भने त्यसलाई उच्च रक्तचाप भन्ने गरिन्छ उच्च रक्तचापमा सिस्टोलिक एवम् डायस्टोलिक दुवै वा कुनै एकमात्र पनि आवश्यक स्तरभन्दा माथि जान सक्छ कुनै एक व्यक्तिका लागि सामान्य मानिने रक्तचाप ऊभन्दा कम उमेर भएका व्यक्तिहरुका लागि उच्च रक्तचाप पनि बन्न सक्छ त्यसैले उच्च रक्तचापको कुनै निश्चित अंक छैन तर पनि वयष्क व्यक्तिहरुमा माथिल्लो वा सिस्टोलिक चाप १४० मि.मि.भन्दा बढी तल्लो चाप ९० मि.मि.भन्दा बढी हुन गएमा त्यसलाई उच्च रक्तचाप ९ज्ष्नज द्ययियम एचभककगचभरज्थउभचतभलकष्यल० भन्ने गरिन्छ
उच्च रक्तचापको वर्गीकरण
उच्च रक्तचापको उपचार अवस्था निर्धारण गर्न सजिलो होस् भन्नका लागि यसलाई कारण गम्भीरताका आधारमा वर्गीकरण गरिएको आधुनिक विज्ञानले उच्च रक्तचापलाई कारणका आधारमा वर्गीकरण गरेअनुसार यो दुइ प्रकारको
प्राथमिक खालको उच्च रक्तचाप कुन रोगको कारणले किन हुन्छ भन्ने कुरा पर्ूण्ारुपले निक्र्योल गर्न सकिएको छैन तैपनि आनुवंशिक ९ज्भचभमष्तथ० कारणले गर्दा भएको उच्च रक्तचापलाई यसअर्न्तर्गत लिइने गरिन्छ यसरी नै मानसिक तनाव, मोटोपना, रक्तनलीको कडापना, बढी नुनिलोको प्रयोग आदि कारणले हुन सक्ने उच्च रक्तचाप पनि यसै समूहअर्न्तर्गत पर्छ रक्तचापका धेरै बिरामीहरु ८०-९० प्रतिशत जतिलाई यो प्रकारको उच्च रक्तचाप हुने गर्छ
माध्यमिक खालको उच्च रक्तचाप कुन रोगको कारणले कसरी भएको हो भन्ने कुरा छुट्याउन सकिन्छ ती सहायक कारणहरुलाई ध्यान दिएर उपचार गरिने हुँदा माध्यमिक स्तरको उच्च रक्तचापको उपचारमा सजिलो हुन्छ
उच्च रक्तचापका लक्षणहरु
उच्च रक्तचाप भएका सबै व्यक्तिहरुमा लक्षण देखिनर्ुपर्छ भन्ने केही छैन प्रायजसोलाई सुरुमै कुनै लक्षण देखिंंदैन जब रक्तचापले च्याप्दै जान्छ तब मात्र अनेक लक्षणहरु देखिन थाल्छन् ज्यानसमेत जाने हुन्छ
उच्च रक्तचाप हुँदा टाउको दुख्ने हुन्छ यस्तो दुखाइ प्रायः टाउकाको पछिल्लो भाग गर्दनमा हुन्छ भने कहिलेकाहीँ ढाड, काँध पाखुराहरुमा पनि दुखाइ वा भारीपना आउन सक्छ सामान्य हिँडडुल गर्दा पनि श्वास बढ्ने, उत्तानो सुत्दा स्वाँ-स्वाँ आउने, सास फेर्न गाह्रो हुने, छाती भारी हुने वा मुटु दुखेजस्तो अनुभव हुने पनि गर्छ मुटुको धड्कन बढ्नु वा एक्कासि कम भएजस्तो भान हुनु, रिंगटा लाग्नु, छिटो रिस उठ्नु पनि उच्च रक्तचापका लक्षण हन्  यसबाहेक पिसाब थोरै हुनु  तर कहिलेकाहीँ बढी पिसाब लाग्नु, नाकबाट रगत बग्नु, अनुहार -विशेषगरी आँखा) सुन्निनु रातो हुनु, हातगोडा फुल्नु, आँखा धमिलो हुनु, कहिलेकाहीँ न्रि्रामा झस्किनु, तौल बढ्नु आदि पनि उच्च रक्तचापका लक्षणहरु हुन सक्छन् रक्तचाप गम्भीररुपमा बढ्दै गएमा त्यसबाट अत्यन्त डरलाग्दा घातक लक्षणहरु उत्पन्न हुने गर्छन्
उच्च रक्तचापबाट उत्पन्न हुने घातक असरहरु
उच्च रक्तचाप धेरै बढ्दै गएमा त्यसले अत्यन्त गम्भीर समस्या ल्याउने गर्छ यस अवस्थामा शरीरका महत्त्वपर्ूण्ा भित्री अंगहरु ब्रि्रने वा ठूलो चोट लाग्ने हुन्छ रक्तचाप धेरै बढ्न थालेमा छाती भारी भएर खोकी लाग्ने एवम् खकारमा फिँज रगत देखिने, नाक-मुखबाट ह्वालह्वाली रगत बग्ने, बान्ता हुने बेहोस हुने हुन्छ कहिलेकाहीँ पिसाबमा रगत आउने ९ज्झबतगचष्ब० हुन सक्छ शरीरमा कम्पन ९ऋयलखगकिष्यलक० हुन सक्छ
उच्च रक्तचापका अझ बढी घातक समस्याहरु पनि हुन्छन् जस्तै- आँखाको पर्दा ९च्भतष्लब० मा रक्तस्राव भई आँखाको दृष्टिशक्ति हराउनु वा अन्धोपना ९द्यष्लिमलभकक० हुनुमुटु सुन्निनु, फोक्सो सुन्निनु, छाती पेट असाध्यै दुख्नु, कडा अन्रि्रा हुनु आदि यसरी नै मस्तिष्कमा रक्तस्राव, मस्तिष्कघातबाट पक्षघात ९एबचबथिकष्क० हुने, हृदयघात ९ज्भबचत ब्ततबअप० हुने, मिर्गाैलाको क्षति हुने वा यसको कार्यशक्ति हराउने अर्थात् मिर्गौलाघात ९प्ष्मलभथ ाबष्गिचभ० हुने आदि अति गम्भीर समस्याहरु आर्इपर्न सक्छन्
उच्च रक्तचाप हुने कारण
उच्च रक्तचाप बढ्ने अनेक कारणहरु छन् बढी चिल्लो, तारेको, भुटेको खाद्यपदार्थ खाने, नियमित रुपमा धेरै बोसोयुक्त माछामासु, नुनिलो आदि खाने, जहिले पनि शरीरलाई चाहिनेभन्दा बढी खाने, असन्तुलित खाना खानेजस्ता जथाभावी  खानपानले उच्च रक्तचापको समस्या निम्त्याउँछ त्यस्तै बियर, जाँड, रक्सी, चुरोट, खैनी, सर्ुर्ती, तमाखु आदि उत्तेेेेजक तथा नशालु पदार्थहरुको नियमित प्रयोग गर्दा त्यसबाट हाम्रो रगतमा निकोटिन तथा कोलेस्टेरोल बढ्ने हुन्छ यसरी यी तत्त्वहरु बढ्दा त्यसबाट रगतको नली कडा साँघुरो हुन जान्छ फलस्वरुप रक्तचाप बढ्छ यसैगरी औषधिहरु विशेषगरी स्टेरोइड जातका औषधिलगायत अन्य विभिन्न थरीका रासायनिक औषधिहरुको प्रयोगका कारण पनि साइड इफेक्टस्वरुप रक्तचाप बढ्ने समस्या हुन्छ  
उच्च रक्तचाप हुने अर्को प्रमुख कारण मानसिक उत्तेजना एवम् तनाव पनि हो जहिले पनि भागदौड मानसिक तनाव उत्पन्न गर्ने खालका कामहरुमा अल्भिmनुपरेमा पनि त्यसबाट रक्तचापसम्बन्धी समस्या आर्इपर्छ बढी चिन्ता गर्दा स्नायु कमजोर हुन्छ रगतमा एडि्रनालिन हर्मोन बढी स्राव हुने, एन्टिड्रि्रेसिभ हर्मोन कम निस्कने हुन्छ, जसका कारण रक्तचाप बढ्न जान्छ बढी चिन्ता गर्ने, झगडा वा वादविवाद गर्ने, अप्रसन्न हुने, डराउने, बढी महत्त्वाकांक्षा लिने आदि क्रियाकलापले पनि रक्तचाप बढाउने गर्छ
रक्तचापको अर्को प्रमुख कारण हो शारीरिक श्रम विश्रामको असन्तुलन केही शारीरिक व्यायाम वा श्रम नगर्ने व्यक्तिलाई धेरै थरीका रोग आइलाग्न सक्छन् अझ श्रम विश्राम दुवैको अभाव वा बेनियमले गर्दा शरीरमा जीवनी-शक्ति ह्रास हुन्छ  खानपानमा जथाभावी गर्ने तर शारीरिक श्रम नगर्ने व्यक्तिहरुको शरीरमा कोलेस्टेरोल, ट्राइग्लिसराइड्स, मूत्राम्ल आदि बढ्ने हुन्छ त्यसैको कारण धमनीहरु साँगुरिएर रक्तमार्गमा अवरोध हुन जान्छ यसरी जब रक्तमार्गमा अवरोध देखापर्छ तब शरीरमा रगत पम्प गर्नको लागि मुटुलाई एकदमै बढी मेहनत गर्नुपर्छ फलस्वरुप उच्च रक्तचापका साथै मुटुसम्बन्धी रोगहरु जन्मिन जान्छन्
यसरी नै गलत जीवनशैलीका कारण पनि रक्तचापजन्य रोगहरु लाग्छन् सुत्ने, बस्ने, काम गर्ने, व्यायाम वा योगासन आदि कहिले ढिलो गर्ने कहिले चाँडो गर्ने वा कहिले ती क्रियाहरु गर्दै नगर्नेजस्ता कार्यले शरीरको पाचन, पोषण एवम् निष्कासन सबैमा असर पर्छ फलस्वरुप उच्च रक्तचाप पनि हुन सक्छ
शरीरमा लाग्ने विभिन्न प्रकारका रोगहरुको कारण पनि उच्च रक्तचाप हुन सक्छ यस्ता रोगहरुमध्ये सामान्यतया सबैलाई हुने प्रमुख समस्या हो मोटोपना तौल ज्यादै बढी हुँदा रक्तनलीमा समेत बोसो थुप्रिने, मुटुको कार्यक्षमता घट्ने हुन्छ फलस्वरुप रक्तसञ्चारसम्बन्धी रोग लाग्छ यसरी चिनीरोग -मधुमेह) हुनु, धमनी खुम्चिनु, साँघुरिनु, कडा हुँदै जानु, कडा कब्जियत
दर्ीघकालसम्म भैरहनु आदि रोगले समेत रक्तचाप बढाउन ठूलो भूमिका खेलेको हुन्छ
गल-ग्रन्थि ९त्जथचयष्मरएबचब त्जथचयष्म नबिलम०, एडि्रनल ग्रन्थि ९ब्मचभलब निबिलम०, पियूष ग्रन्थि ९एष्तगष्तबचथ नबिलम० का विभिन्न साना-ठूला रोगहरु पनि उच्च रक्तचापका कारण हुन सक्छन् हाम्रो शरीरमा हुने निष्कासन अंगहरु छाला, फोक्सो, ठूलो आन्द्रा, मलद्वार मृगौला आदिमा कुनै समस्या परेमा पनि उच्च रक्तचाप हुन सक्छ कुनै रोग, कमजोरी वा कार्य शिथिलता आएमा त्यसबाट पूरा शरीरकै जीवनी शक्ति क्रियाकलापहरुमा प्रतिकूल असर पर्छ
उच्च रक्तचापमा योग चिकित्सा
उच्च रक्तचापको लागि योग चिकित्सा एक सरल तथा प्रभावकारी उपचार हो सामान्य खालको उच्च रक्तचापमा विभिन्न थरीका यौगिक उपचारहरुले लाभ दिन्छन् तर धरै नै रक्तचाप बढ्दा भने अति नै सावधानीपर्ूवक अभ्यास गर्नुपर्छ आसनहरुको अभ्यास अति लाभदायक तर कठिन आसनहरुको अभ्यास गर्नुहुँदैन अति सरल खालका आसनहरु दिनहुँ अभ्यास गर्दा यसबाट रक्तचाप नियन्त्रण हुन्छ आसन गर्दा थाक्ने गरी कदापि गर्नुहुँदैन रक्तचापको गम्भीरतालाई हरेर आसन अभ्यासक्रम अपनाउनर्ुपर्छ
यौगिक सूक्ष्म व्यायामहरु वा अन्य सरल खालका व्यायामहरु गरेपछि मात्र आसनहरु गर्नुपर्छ सुरुमा योग विशेषज्ञकै प्रत्यक्ष निर्देशनमा रक्तचापको अवस्थालाई जाँच्दै अवस्थाअनुरुप योगाभ्यास गर्नुपर्छ यसरी नै षर्टकर्म, प्राणायामको अभ्यास पनि चिकित्सकको निर्देशनमा गर्नु राम्रो हुन्छ औषधिको सेवन गरिराखेको अवस्थामा एक्कासि छोड्नुहुँदैन योगोपचारको क्रम बढाउँदै बीच-बीचमा रक्तचाप जँचाउँदै  अवस्थाअनुरुप औषधिको मात्रा घटाउने वा छोड्ने निर्ण्र्ाालिनुपर्ने हुँदा विशेषज्ञको सल्लाह जरुरी हुन्छ
उच्च रक्तचापका लागि योगचिकित्सा विधिहरु
शवासन
विधि उत्तानो परेर सीधा सुत्नुस् दुवै खुट्टा केही फरक राख्नुस् हातलाई कम्मरको दायाँ-बायाँ राखी हत्केलालाई माथि फर्काउनुस् अब आँखालाई हलुकासँग बन्द गर्नुस् शरीरको सम्पर्ूण्ा भागलाई शिथिल -लुलो) बनाउनुस् कुनै पनि भागमा बल पार्ने वा कडा गर्ने नगर्नुस् यसरी प्रत्येक भाग शिथिल पर्ूण्ा विश्रामको अवस्थामा राखेर केही बेर सुतिरहनुस् साथै श्वास-प्रश्वास अत्यन्त ढिलो, गहिरो लामो गर्नुस् श्वास लिँदा छोड्दा पेट एवम् छाती पूरा फुलाउने/सुकाउने गर्नुस् तर श्वासको गति अति सुस्त गर्नुस् आप\mनो मनलाई श्वास-प्रश्वासमा केन्द्रित गर्नुस् अर्थात् श्वास भित्र जाँदै , बाहिर आउँदै भन्ने कुरामा मात्र विचार गर्नुस् श्वास रोक्ने नगरी लिने छोड्ने मात्र गर्नुस् यसरी यो आसनलाई १५-२० मिनेट वा सोभन्दा बढी समय पनि आप\mनो इच्छाअनुसार गर्न सकिन्छ
लाभ शवासनले शारीरिक तथा मानसिक तनाव कम हुन्छ मनमा आनन्द तथा एकाग्रता आउँछ सामान्यदेखि बढी उच्च रक्तचापका रोगीहरुलाई समेत शवासनको अभ्यासले धेरै लाभ दिन्छ आफूलाई कुनै तनाव, रिस आदिले असर पारेमा वा उच्च रक्तचापका लक्षणहरु देखिन थालेमा तुरुन्त शवासन गर्नुपर्छ समस्या भएमा जुनसुकै बेला पनि यो आसनको अभ्यास गर्न सकिन्छ तर बिहान बेलुका १०-१५ मिनेट शवासन गर्ने बानी बसाल्दा लाभ पुग्छ
एकपाद उत्तानासन
विधि उत्तानो सुत्नुस् हत्केला भुइँतिर फर्काएर दुवै हात शरीरको दायाँ-बायाँ राख्नुस् दुवै खुट्टा जोड्नुस् अब श्वास लिँदै देब्रे खुट्टालाई तन्काएर सोझो राखी बिस्तारै श्वास लिँदै माथि उठाउनुस् करिब ६० ड्रि्री जति माथि उर्ठाई रोक्नुस् सेकेन्डमा खुट्टा रोकिराख्दा श्वास पनि रोक्नुस् अब श्वास छोड्दै खुट्टा भुइँमा राख्नुस् यसरी नै यसलाई देखि १० पटकसम्म अभ्यास गर्नुस् दोस्रो खुट्टाको पनि त्यसरी नै अभ्यास गर्नुस् अन्त्यमा थाक्नुभयो भने शवासन गर्नुस् एकै पटक एउटै खुट्टाको मात्र अभ्यास गर्न कठिन भएमा पालैपालो अभ्यास गर्न पनि सकिन्छ
द्विपाद उत्तानासन
विधि उत्तानो सुत्नुस् दुवै खुट्टा जोड्नुस् श्वास लिँदै खुट्टा तन्काएर पहिले ३० ड्रि्री जति माथि उठाउनुस् केही बेर -- सेकेन्ड) रोकेर श्वास छोड्दै तल राख्नुस् यसरी नै ४५, ६० ड्रि्री माथि उठाउँदै प्रत्येकलाई -१० पटकसम्म गर्न सकिन्छ यसरी द्वीपाद उत्तानासन गर्दा बीच-बीचमा आराम -शवासन) गर्दै पुनः सुरु गर्नुपर्छ
सावधानी द्विपाद उत्तानासनको अभ्यास गर्दा सुरुमै धेरै पटक गर्नुहुँदैन कसै-कसैलाई सुरुमा कम्मर पेटको मांसपेशी दुख्छ त्यसैले क्रमशः बढाउँदै जानर्ुपर्छ बढी कम्मर नितम्बको भित्री भाग नसामा दुखेमा नगर्नुहोला
एकपाद अर्धहलासन
विधि उत्तानो सुतेर दुवै खुट्टा जोड्नुस् हत्केला भुइँतिर फर्काएर राख्नुस् अब श्वास लिँदै बिस्तारै दाहिने खुट्टालाई तन्काएर उठाउनुस् ९० ड्रि्री कोण पारी श्वास रोक्दै खुट्टा अड्याउनुस् सेकेन्ड जति रोकेर श्वास छोड्दै खुट्टा तल राख्नुस् यसरी नै -१० पटकसम्म गरी दोस्रो खुट्टाको पनि अभ्यास गर्नुस्
द्वीपाद अर्धहलासन
विधि उत्तानो सुत्नुस् दुवै खुट्टा जोड्नुस् अब श्वास लिँदै दुवै हातले भुइँतिर बल गरी दुवै खुट्टालाई जोडेर तन्काउने सोझो पारी, माथि उर्ठाई, ९० ड्रि्री बनाई श्वास रोकेर जीउ स्थिर राख्नुस् - सेकेन्ड जति रोकिएर श्वास छोड्दै खुट्टा तल राख्नुस् यसरी नै -१० पटकसम्म गर्नुस् सुरुमै धेरै पटक अभ्यास नगरी क्रमशः दैनिक अलि-अलि बढाउँदै गर्न सकिन्छ
पाद उत्तानासन तथा अर्धहलासनका फाइदाहरु
उपर्युक्त एकपाद-द्विपाद उत्तानासन -उतानपादासन) तथा एकपाद, द्विपाद अर्धहलासनहरुको अभ्यासको सबैभन्दा बढी प्रभाव खुट्टा, कम्मर, मेरुदण्ड पेटको भागमा पर्छ त्यसैले यी आसनहरुको उचित अभ्यासबाट खुट्टा लचिलो एवम् सुडौल बन्छ मेरुदण्ड बलियो हुन्छ आन्द्राहरु अन्य पाचन अंगहरु बलियो हुने हुँदा अरुचि, कब्जियत, वायुविकार हट्छ भुँडी बढ्न कम गर्छ महिलाको प्रजनन अंग बलियो हुन्छ यससम्बन्धी रोगहरु भएमा कम गर्छ
विशेषगरी महिलाको महिनावारीसम्बन्धी धेरै समस्यालाई फाइदा गर्छ यी आसनहरु गर्भवती महिलाले पनि गर्न सक्छन् गर्भावस्थामा यी आसनहरुको अभ्यासले पछि बच्चा जन्माउन सजिलो पर्छ भने गर्भावस्थामा आइपर्ने समस्याहरु घट्छन् यसले कम्मर पेटमा भएको बोसो घटाउँछ हाड खिइएर वा नसा थिचिएर हल्का कम्मर दुख्नेहरुलाई वा अन्य सामान्य कारणले हुने कम्मर-ढाड दुखाइलाई यी आसनहरुले फाइदा गर्छन् रक्तचापका बिरामीका लागि पनि यी सरल आसनहरु उपयोगी हुन्छन्
हस्त उत्तानासन
उत्तानो सुत्नुहोस् दुवै खुट्टा जोड्नुस्, दुवै हातलाई कानसँगै सोझो राख्नुस् बिस्तारै श्वास लिँदै टाउको, गर्दन पिठ्युँको भाग माथि उठाउनुस् केही बेर श्वास रोक्नुस्, जीउलाई अड्याउनुस् अब श्वास छोड्दै जीउ तल राख्नुस् यसरी नै १०-१५ पटक गरी शवासन गर्नुस्
लाभ यसले छाती, पिठ्युँ हातलाई बलियो बनाउँछ
सावधानी बढी रिंगटा लागेको बेला गर्नुहुँदैन
श्रद्धासन
विधि -) घोप्टो परेर सुत्नुस् दुवै खुट्टालाई एक-डेढ फिट फरक पारी खुट्टाको पञ्जालाई दायाँ-बायाँ फर्काएर खुट्टाको भित्री गोलिगाँठोले भुइँमा छोएर खुट्टा/जीउ शिथिल पार्नुस् दुवै हात खुम्च्याई, अगाडितिर ल्याई, त्यसै हातमाथि निधार टेकाएर आँखा चिम्लनर्ुपर्छ आफूले चाहेको समयसम्म यसरी सुतेर सम्पर्ूण्ा शरीर शिथिल राख्दै बिस्तारै श्वास फेर्दै पूरा आराम लिइसकेपछि उठ्नर्ुपर्छ सुतिराख्दा भने मन एकाग्र राखेको हुनर्ुपर्छ मनमा सकारात्मक भावना जागृत गराउनर्ुपर्छ यसरी यो आसनमा केही बेर आराम गर्नुस्
सावधानी गर्भवतीहरुले गर्भावस्थाको - महिनापछि घोप्टो सुती यस्तो आसन गर्नु ठीक हुँदैन यसरी नै बढी छाती दुख्दा धेरै बेर यो आसन गर्नुहुँदैन
लाभ यो आसनको अभ्यासबाट बीच-बीचमा आसनको क्रममा हुने थकान मेटिन्छ आनन्द पनि प्राप्त हुन्छ मानसिक तनाव पनि कम हुन्छ
शिथिलासन
विधि घोप्टो परेर सुत्नुस् अब दाहिने खुट्टा खुम्च्याउनुस् दाहिने हातलाई पनि खुम्च्याएर हत्केला तल फर्काई राख्नुहोस् टाउको दाहिनर्ेतर्फ नै मोड्नुस् देब्रे हातलाई सीधा राख्नुस् हत्केला माथि फर्काउनुस् आँखा चिम्लनुस् शरीरको कुनै पनि भागलाई कडा नपार्नुस् सबै अंग शिथिल राख्नुस् यसरी नै अर्कोतर्फ फर्केर दोस्रो हात खुट्टा मोडेर पनि गर्नुस् यस आसनलाई पनि दायाँ-बायाँ पालैपालो फर्केर देखि १५ मिनेटसम्म वा इच्छाअनुरुप कम-धेरै समय अभ्यास गर्नुस्
सावधानी
बढी छाती दुखेको अवस्थामा धेरै बेर गर्नुहुँदैन
लाभ यस आसनको अभ्यासबाट शरीरमा पर्ूण्ा आरामको अनुभूति हुन्छ साथै शारीरिक स्फूर्ति मनमा एकाग्रता तथा आनन्द प्राप्त हुन्छ विशेषगरी रक्तचापको गडबडी, छातीका रोगहरु, पेटका समस्याहरु, गर्भावस्था, मानसिक तनाव, चिन्ता आदि समस्यामा यो आसनले लाभ दिन्छ
((( सामान्य खालको उच्च रक्तचापमा सावधानीपर्ूवक गरेको विभिन्न थरीका यौगिक उपचारले लाभ पुग्छ। ))

No comments:

Post a Comment