
कुनै पनि उमेरका कुनै पनि मानिस प्रायः टाउको दुखाइको अनुभवबाट मुक्त भएका हुँदैनन् तर टाउको दुखाइ आफंै कुनै रोग नभई अन्य रोगको परिणाम मात्र हो । टाउको सामान्य कारणले दुखेर आफंै निको हुने पनि हुन्छ भने गम्भीर रोगका कारणले पनि हुन सक्छ, जसको समयमै उपचार नगर्दा मानिसको मृत्यु नै पनि हुन सक्छ । भोक, थकाइ, तनाव, अनिन्द्रा, रिस, उच्च रक्तचाप, मधुमेह, बढी चिसो वा तातो, संक्रमण, ब्रेन ट्युमर, माइग्रेन, विभिन्न मानसिक रोग, मस्तिष्कसम्बन्धी अन्य रोगहरु, अम्लपित्त, आँखा, कान वा दाँतसम्बन्धी समस्या आदि विभिन्न कारणले टाउको दुख्न सक्छ ।
मानिसहरुमा टाउको दुखाइका आमकारणहरुमा मानसिक तनाव र माइग्रेन नै प्रमुख हुन् । टाउको दुखाइको ४५ प्रतिशत कारण मानसिक तनाव हो भने ३० प्रतिशत कारण माइगे्रन हो । टाउको दुखाइमा अत्यन्तै कडा पीडाको महसुस गर्ने समस्या माइग्रेन हो, जसका कारण मानिसहरु करिब २ घण्टादेखि ३ दिनसम्म ज्यादै असहज अवस्थामा पुगेका हुन्छन् । सामान्यतया माइग्रेन उपचारै नगरी कम हुँदै जान्छ तर पटक-पटक दोहोरिएर जीवनको लामो समयसम्म आइरहन सक्छ, जसले मानिसको जीवन असहज हुनका साथै उत्पादकत्व पनि घटाउँछ । माइग्रेनलाई पर्ूण्ा निको पार्न नसकिए पनि छिटो-छिटो दोहोरिएर आउने र लामो अवधि कठोर पीडा भइरहने अवस्थालाई भने न्यूनीकरण गर्न सकिन्छ । माइग्रेनजस्तै पीडा टाउकोमा लाग्ने अन्य रोगका कारण पनि हुन सक्ने भएकाले र्सवप्रथम रोगको यकिन गर्न जरुरी छ । माइग्रेन नै भएको यकिन भए पनि कतिपय अवस्थामा आफैंले पनि व्यवस्थापन गरी पीडालाई सहज बनाउन सकिने विज्ञहरुको भनाइ छ ।
असाध्य टाउको दुखाइ माइग्रेन
वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा भन्नुहुन्छ- ँतनाव टाउको दुखाइको प्रमुख कारण हो र माइग्रेन हुनुको एउटा कारण तनाव पनि हो । उहाँका अनुसार बराबर तनावग्रस्त हुने मानिसलाई पछि माइग्रेन पनि हुन सक्छ र लामो समय माइग्रेन भएका मानिसलाई पछि अर्को मानसिक रोग ड्रि्रेसन पनि भएको पाइएको छ । कहिलेकाहीँ ड्रि्रेसन सुरु भएपछि
यसै रोगको लक्षणस्वरुप माइग्रेन देखापर्छ । यसको मतलव ड्रि्रेसनलगायतका मुड डिर्सअर्डरसँग यसको सम्बन्ध छ । आजको भागदौड र तनावयुक्त समाजमा यो समस्या वृद्धि भएको देखिन्छ ।
टाउको दुख्ने कारणहरु
तनाव ४५ प्रतिशत
माइग्रेन ३० प्रतिशत
पिनास र आँखा ८ प्रतिशत
अरु रोगको संक्रमण ७ प्रतिशत
टाउकाको चोटपटक ३ प्रतिशत
ब्रेन ट्युमर, सेरोब्रोभास्कुलर
डिजिज, मस्तिष्कको संक्रमण
र मस्तिष्कमा हुने अन्य
रोगहरु ७ प्रतिशत
माइग्रेन अत्यधिक टाउको दुख्ने समस्या हो । माइग्रेनलाई टाउको दुखाइको चरम अवस्था मान्न सकिन्छ । भनिन्छ, वास्तविक माइग्रेनको पीडा भुक्तभोगीले मात्र बताउन सक्छ । माइग्रेनको टाउको दुखाइ अन्य सामान्य टाउको दुखाइभन्दा एकदम फरक हुन्छ । वरिष्ठ न्यूरो र्सजन डा. पवनकुमार भन्नुहुन्छ- ँमाइग्रेनले आक्रमण भएका बेला आकाशै खस्लाजस्तो हुन्छ तर जब यसले छोड्छ, मानिस पुनः सामान्य अवस्थामा नै हुन्छ । उसलाई रोगको कुनै अनुभव हँुदैन ।’ डा. पवनका अनुसार माइग्रेन सुरु भएपछि यो पटक-पटक दोहोरिएर आउँछ र जीवनको लामो अवधिसम्म रहिरहन्छ । पछि यो आफंै हराएर जान पनि सक्छ ।
सुरुमा सामान्य पेनकिलरले पनि ठीक हुन्छ तर पछि यो औषधि पनि प्रभावहीन हँुदै जान्छ । स्थिति नाजुक भएर अस्पताल नै भर्ना हुनुपर्ने स्थिति सिर्जना हुन्छ । भोग्नेलाई ज्यादै गाह्रो भए पनि यसलाई खतरनाक रोग मानिदैन । डा. पवनका अनुसार माइग्रेनबाट प्यारालाइसिस हुने, ब्रेन हेमरेज हुने हुँदैन । यसकै कारण ज्यान पनि जाँदैन । यसलाई निको पार्न सकिन्न तर नियन्त्रण गर्न सकिन्छ ।
माइग्रेनको समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ । डा. पवनका अनुसार माइग्रेन भएका मानिसमध्ये ७० प्रतिशत महिला हुन्छन् । पूरा जनसंख्यामा ५ देखि १० प्रतिशतलाई माइग्रेन भएको पाइएको छ । यो समस्या प्रायः किशोरावस्थामा सुरु हुन्छ र लामो समयसम्म रहन्छ ।
माइग्रेनको प्रमुख लक्षण
असाध्य टाउको दुख्नु र वाकवाक लाग्नु माइग्रेनको प्रमुख लक्षण हो । यो समस्या सुरु भएपछि टाउको फुट्लाजस्तो गरी नै दुख्छ । माइग्रनेको टाउको दुखाइमा अक्सर बान्ता हुन्छ । माइगे्रन हुँदा धेरैजसोमा असाध्यसँग आधा टाउको दुख्ने हुन्छ । यसलाई आधा शिर दुख्ने भनिए तापनि एक तिहाइ शिर दुखाइ कन्चटको दुवैतिर नै दुख्ने हुन्छ । एकतर्फमात्र दुखाइ हुने समस्याले ठाउँ बदलिरहेको हुन्छ । कसै-कसैलाई पूरै टाउको पनि दुख्छ । दुखाइको क्रम टनटन गरेर टन्किने पाराको हुन्छ । चर्को आवाज सुन्न नसकिने, उज्यालो हर्ेन गाह्रो हुने, आँखा तिर्मिराउने र बान्ता हुने हुन्छ । बान्ता भएपछि केही शान्त हुन्छ । बेला-बेलामा आँखा, कन्पारो र कानसम्म दुख्छ । यसमा पीडितको आँखामा असामान्य चमक देखिन्छ । प्रकाश, आवाज र गन्धको पहिचान गर्न कठिन हुन्छ । टाउकाको दुखाइ यति गम्भीर हुन्छ कि मानिस खान, पिउन, हिँड्न पनि अर्समर्थ हुन्छ । माइग्रेनको आक्रमण अचानक हुन्छ । सुरुमा हल्कारुपमा दुख्छ र पछि असाध्यसँग दुख्छ । कहिलेकाहीँ यसको दुखाइ पटक-पटक हथौडाले टाउकोमा हिर्काएजस्तो गरी दुख्ने हुन्छ । कसैलाई टाउकोमा पिनले घोचेजस्तो अनुभव हुन्छ । आँखाको सामुन्ने अँध्यारो भएजस्तो हुन सक्छ । कसै-कसैलाइै अनौठा छाया देखेजस्तो अनुभूति हुन्छ र कसैलाई प्रकाश देख्दा डर लाग्ने पनि हुन्छ ।
कुनै काम गर्न सकिंदैन, कुनै कुरा सोच्न पनि सकिंदैन । डा. पवनका अनुसार अक्सर आधा टाउको दुख्छ र कहिले दायाँपट्ट,ि कहिले बायाँपट्ट िदुख्छ । ब्लिक-ब्लिक गरेर दुख्छ भन्छन् बिरामीहरु । तर सधैँ एकैतिर दुखेमा ट्युमरलगायत अरु कारण पनि हुन सक्छ, सिटिस्क्यानलगायत अन्य परीक्षणहरु गरेर रोगको निदान गर्नुपर्छ ।
माइग्रेन टाउको दुखाइ जुनसुकै उमेरमा पनि हुन सक्छ तर प्रायः किशोरावस्थामा सुरु हुन्छ । प्रारम्भमा दुखाइको कडापन र दुखाइको अवधि पनि कम हुन्छ । एक पटक भएपछि फेरि तुरुन्तै दोहोरिंदैन । तर पछि-पछि गएर दुखाइको कडापन र रोगले सताइरहने अवधि पनि बढ्दै -२ घण्टादेखि ३ दिनसम्म) जान्छ र टाउको दुखाइ पनि छिटो-छिटो दोहोरिएर आउने गर्छ । निकै वर्षो अन्तरालमा यसले आफंै छोडेको पनि पाइएको छ ।
उपचार
माइग्रेनको पूरा उपचार छैन भनिन्छ, तर पनि समस्या पर्दा यसको व्यवस्थापन भने गर्न सकिन्छ । चिकित्सकको निगरानीमा जीवनशैली परिवर्तन गरेर यस रोगलाई नियन्त्रणमा राख्न सकिन्छ । माइगे्रनलाई मानिसहरुले लामो समयसम्म चिन्न सक्तैनन् । सुरुमा सामान्य टाउको दुखाइकै रुपमा लिन्छन् । विभिन्न सामान्य उपचारमा लामो समय बितिसकेको हुन्छ । पछि असाध्य दुख्न थालेपछि उपचारको खोजीमा हिँड्छन् । गाउँघरतिर अधाहा दुखेको भनेर धामी-झाँक्रीद्वारा फुक्ने, मन्छाउने पनि गर्छन् । स्थानीय स्वास्थ्य संस्थाबाट सामान्य दुखाइ कम गर्न औषधि खाएर दुखाइ कम गर्ने प्रयास पनि गरिन्छ ।
हरेक रोगीमा माइग्रेनको समस्याको कारक तत्त्व फरक हुन सक्छ । यस्ता कारक तत्त्वहरुका बारेमा डायरीमा टिपेर राख्न

विकसित देशहरुमा माइग्रेनको उपचार औषधिलगायत र्सजरीबाट पनि गर्न थालिएको छ । यससम्बन्धी अध्ययनरत अमेरिकी चिकित्सकहरुका अनुसार टाउको तथा गर्दनका केही मांसपेशी अप्रेसनबाट हटाएमा माइग्रेनबाट छुटकारा मिल्न सक्छ ।
न्यूरो र्सजन डा. पवनकुमार र्सजरीबाट माइग्रेनको उपचार गर्ने अहिले आमरुपमा प्रचलन आइनसकेको भए तापनि औषधिबाट केही हदसम्म रोगलाई कम गर्न सकिने बताउनुहुन्छ । उहाँका अनुसार उपचार गर्दा तीन वटा कुरामा ध्यान दिइन्छ । रोगले छिटो-छिटो आक्रमण गर्ने क्रमलाई कम गर्ने, आक्रमण गरेपछि रोगले च्यापिरहने अवधि कम गर्ने र कडा पीडालाई अलि घटाउने । यस किसिमको उपचारले बिरामीलाई धेरै आराम पुर्याउँछ । यसरी उपचार गरिरहँदा कतिपयलाई पर्ूण्ारुपमा रोग निको पनि भएको छ ।
मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा माइग्रेनको व्यवस्थापनका लागि औषधिका धेरै विकल्पहरु भए पनि स्थापित मान्यताप्राप्त विधि खासै नभएको बताउनुहुन्छ । माइग्रेनको उपचारका लागि हरेक चिकित्सकले हरेक बिरामीलाई
फरक-फरक औषधि र सुझाव दिने गर्छन् र यस्ता औषधि र सुझावले बिरामीलाई धेरै फाइदा पुर्याउँछ ।
योग तथा घरेलु उपचार
डा. पवनकुमार भन्नुहुन्छ- ँमाइग्रेनलाई कतिपय अवस्थामा घरमै पनि व्यवस्थापन गर्न सकिन्छ तर रोगको निदान गरेर मात्र यसो गर्न सकिन्छ । कतिपय मानिस टाउको दुखेमा साधारण दुखाइ कम गर्ने औषधि खाएर बसेका हुन्छन् । कहिलेकाहीँ ट्युमर पनि भएको हुन सक्ने भएकाले रोगको निदान गर्न आवश्यक छ । यसका लागि विशेषज्ञलाई नै भेट्नर्ुपर्छ । शंका लागेमा एमआरआई पनि गर्नुपर्ने हुन सक्छ ।
डा. विश्वबन्धु शर्मा भन्नुहुन्छ- ँरोगले धेरै च्यापेमा घरमा आराम गर्ने, पानी धेरै पिउने, चर्को उज्यालो र चर्को आवाजबाट बच्ने, दुखाइ कम गर्न हल्का औषधि खाने गर्नुपर्छ । माइग्रेनको लक्षण कडा भएमा चिकित्सकलाई भेट्नर्ुपर्छ । डा. शर्मा भन्नुहुन्छ- ँजुन खानेकुराले जुन व्यक्तिलाई रोग बढ्न सहयोग गर्छ, ती चीजबाट बच्नर्ुपर्छ । अति प्रतिकूल खालको मौसमी वातावरणबाट जोगिनर्ुपर्छ । सकेसम्म अनिन्द्रा र खाली पेट नबस्ने, अलि-अलि खाइरहने, एकै पटक धेरै नखाने गर्दा पनि रोगको आक्रमणबाट बच्न सकिन्छ । साथै अत्यधिक मानसिक तनावबाट जोगिने प्रयास गर्नुपर्छ ।’

-निधारमा तेल वा पानीको धारा झारेर गरिने उपचार) बाट पनि लाभ हुन्छ । लामो प्राकृतिक उपचारले निको पार्न पनि सकिन्छ । उपचार लामो समयसम्म गर्नुपर्ने हुन्छ । जलनेति, नाक सफा गर्ने, नदुखेका बेलामा नाकबाट रबर पठाएर उपचार गर्दा फाइदा भएको छ । मेरुदण्डासन, गर्दनको सूक्ष्म व्यायाम, शवासन, योगन्रि्रा आसन र ध्यान पनि गर्न सकिन्छ । प्राणायाम तथा नाडीशोधनले धेरै आराम मिल्छ ।
डा. बराकोटीका अनुसार माइग्रेनले च्यापेका बेलामा घरेलु उपचारका रुपमा टाउकोमा चिसो पट्टी बाँधेर खुट्टा तातो पानीमा डुबाउने र स्टिम बाथ लिने गर्दा आराम मिल्छ । टाउकोमा हल्का मसाज गर्नाले पनि आराम मिल्छ । धेरै बान्ता भएमा पेट सफा गर्दा पनि आराम मिल्छ । माइग्रेनलाई पूरा निको पार्न नसकिने भए तापनि माइग्रेनलाई सक्रिय बनाउने तत्त्वहरु तथा अवस्थाबाट जोगिएमा धेरै हदसम्म यसको कडा पीडाबाट मुक्त हुन सकिन्छ ।
टाउको ज्यादै दुखेका बेला टाउको र गर्दनको मालिस गरेर आराम पाउन सकिन्छ । सासको गति मन्द गरी लामो सास लिन सकिन्छ । चिसो वा तातो पानीमा रुमाल भिजाएर दुखेको स्थानमा हल्का मालिस गर्न सकिन्छ ।
दालचिनीको लेप टाउकोमा लगाउँदा फाइदा हुन्छ । दालचिनीको पाउडर बनाएर चिसो पानीमा राखेर दैनिक तीन-चार पटक खाँदा आराम मिल्छ । अदुवाको सेवनले उल्टी बन्द हुन सक्छ । राति विनातकिया शवासनमा सुतेर पनि समस्याबाट छिटो छुट्कारा पाउन सकिन्छ ।
माइग्रेन मानिसहरुमा देखिएको पुरानै रोग हो । यसका कारण र उपचारसम्बन्धमा अझ धेरै अनुसन्धान हुन बाँकी नै छ र अनुसन्धान जारी छ । यसको प्रभावकारी उपचार नभएकाले जीवनको लामो समयसम्म यसले दुःख दिइरहन सक्छ । यसले बारम्बार दिइरहने कडा पीडालाई न्यूनीकरण गर्न सकिने भएकाले सम्बन्धित विशेषज्ञबाट रोगको निदान गरी परामर्श लिनु र जीवनशैली परिवर्तन गर्नु लाभकारी हुन्छ ।
माइग्रेनका कारण

डा. विश्वबन्धु शर्मा भन्नुहुन्छ- ँमाइग्रेनलाई मस्तिष्कको रक्तनली फुलेर भएको भन्ने परम्परागत सोच थियो । आज स्नायु प्रणालीको खराबीबाट भएको भनिन्छ । यो रोगलाई एक प्रकारको तनाव, मानसिक बोझ आदिले बढी असर गर्ने मानिन्छ ।
न्यूरो र्सजन डा. पवनकुमार भन्नुहुन्छ- ँमस्तिष्कमा रगत पुर्याउने धमनीबाट कारणवश बढी रगत प्रवाह भएमा माइग्रेनले आक्रमण गरेको पाइएको छ । सेरोटोनिन ९क्भचयतयलष्ल० रसायनको बढी उत्पादन हुँदा यस्तो हुने पाइएको छ । माइग्रेनका धेरै कारणमध्ये एउटा कारण यो हो तर माइग्रेनका अन्य कारणहरु अनुसन्धानमै छन् ।
प्राकृतिक चिकित्सक डा. क्षितिज बराकोटी प्राकृतिक चिकित्सामा आन्तरिक विकारका कारण असाध्य टाउको दुख्ने समस्या माइगे्रन हुने गरेको निष्कर्षरहेको बताउनुहुन्छ । साथै माइगे्रनका कारण एउटा मात्र नभई मिश्रतिरुपमा हुन्छन् ।
माइग्रेनको समस्या हुने कतिपय मानिसलाई विशेष खालको अवस्था, खाना आदिका कारण पनि माइग्रेनले आक्रमण गर्ने गरेको डा. विश्वबन्धु शर्मा बताउनुहुन्छ । उहाँका अनुसार कुनै खानेकुरा, चिसो हावा गुम्सिएको ठाउँ, भीडभाड, तनाव मानसिक दौडधूप, धपडी, थकाइ, अनिन्द्रा तथा भोको अवस्थामा माइगे्रनले आक्रमण गर्ने गरेको पाइन्छ ।
डा. पवनकुमारको अनुभवमा कतिपय खानाहरु जस्तो- चकलेट, चीज, पनिर, दहीलगायत दुग्धजन्य पदार्थहरु, अल्कोहल -खासगरी रेड वाइन), पुरानो अचार -धेरै दिन घाममा राखिएको) खाँदा दुख्ने गरेको कतिपय बिरामीहरु बताउँछन् । चिनियाँ खानामा बढी प्रयोग हुने अजिनोमोटो खाँदा पनि असाध्य टाउको दुख्ने गरेको गुनासो छ । उहाँका अनुसार महिनावारी हुनुभन्दा पहिला र गर्भनिरोधक औषधि सेवन गर्दा पनि शरीरमा हुने हर्मोनल गडबडीका कारण असाध्य टाउको दुख्ने -माइग्रेन) गरेको पाइन्छ ।
कसैलाई केस्रा भएको फलफूल, माछाले पनि माइग्रेन हुने गरेको पाइएको छ भने कसैलाई नुडल्स, पाकेको केरा, अण्डा, प्याज, स्याउ, पास्ता आदिले पनि माइग्रेन बढाएको छ । रजोनोवृत्ति र गर्भावस्थामा पनि केही समयका लागि यस्तो समस्या हुने गरेको पाइन्छ । आजकल डिब्बा बन्द खाना तथा मैदाको प्रयोग निकै बढेको छ । यसले पनि माइग्रेन बढाउन मद्दत गरेको पाइन्छ । माइग्रेनको सिकायत भएमा यस्ता खानाबाट बच्नर्ुपर्छ ।
माइग्रेनसम्बन्धमा अमेरिकन एकाडेमी अफ न्यूरोलोजीका लागि फिलाडेल्पिmयाको ड्रेक्सेल विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले २२ हजार २ सय ११ जना २० देखि ५५ वर्षउमेर समूहका मानिसबीच अनुसन्धान गरेका थिए । सोे अनुसन्धानअनुसार जसको कमरक्षेत्रमा अधिक बोसो थुप्रिएको छ, उनीहरुमा माइग्रेन हुने खतरा अरुको तुलनामा बढी पाइएको छ । कमरमा बोसो बढी भएका ३७ प्रतिशत महिलामा माइग्रेनको सिकायत भएको पाइएको थियो । तर कम्मरमा बढी बोसो नभएको समूहका २० प्रतिशत महिलालाई मात्र माइग्रेनको सिकायत थियो । यस्तै २० देखि ५५ वर्षउमेर समूहका पुरुषहरुमध्ये कमरमा बोसो बढी भएका २० प्रतिशत पुरुषलाई माइग्रेनको सिकायत भएको पाइएको थियो । तर कम्मरमा बढी बोसो नभएको समूहका १६ प्रतिशत पुरुषलाई मात्र माइग्रेनको सिकायत थियो ।
सामान्य मानिसहरुभन्दा अत्यधिक मोटोपन भएका मानिसमा पनि माइग्रेनको समस्या हुने अनुसन्धानमा पाइएको छ ।
लक्ष्मण अधिकारी
No comments:
Post a Comment