Sunday, 26 June 2011

टाउकाको कठोर पीडा माइग्रेन

((( जुन खानेकुराले जुन व्यक्तिलाई रोग बढ्न सहयोग गर्छ, ती चीजबाट बच्नर्ुपर्छ। अति प्रतिकूल खालको मौसमी वातावरणबाट जोगिनुपर्छ। सकेसम्म अनिन्द्रा खाली पेट नबस्ने, अलि-अलि खाइरहने, एकै पटक धेरै नखाने गर्दा पनि रोगको आक्रमणबाट बच्न सकिन्छ। साथै अत्यधिक मानसिक तनावबाट जोगिने प्रयास गर्नुपर्छ। )))
 कुनै पनि उमेरका कुनै पनि मानिस प्रायः टाउको दुखाइको अनुभवबाट मुक्त भएका हुँदैनन् तर टाउको दुखाइ आफंै कुनै रोग नभई अन्य रोगको परिणाम मात्र हो टाउको  सामान्य कारणले दुखेर आफंै निको हुने पनि हुन्छ भने गम्भीर रोगका कारणले पनि हुन सक्छ, जसको समयमै उपचार नगर्दा मानिसको मृत्यु नै पनि हुन सक्छ भोक, थकाइ, तनाव, अनिन्द्रा, रिस, उच्च रक्तचाप, मधुमेह, बढी चिसो वा तातो, संक्रमण, ब्रेन ट्युमर, माइग्रेन, विभिन्न मानसिक रोग, मस्तिष्कसम्बन्धी अन्य रोगहरु, अम्लपित्त, आँखा, कान वा दाँतसम्बन्धी समस्या आदि विभिन्न कारणले टाउको दुख्न सक्छ