Showing posts with label जीवन/अनुभूति. Show all posts
Showing posts with label जीवन/अनुभूति. Show all posts

Monday, 19 September 2011

भूकम्प आउँदा जोगिने दश उपायहरु।

  1. -आफू र आफ्नो परिवारका लागि सुरक्षित ठाउँ पत्ता लगाउने।
  2. -झट्का थाहा पाउनेबित्तिकै आगोको स्रोत तत्काल बन्द गर्ने।
  3. -हतारमा आत्तिएर बाहिर नभाग्ने।
  4. -कम्तीमा एउटा ढोका खोल्ने।
  5. - घरबाहिर हुँदा टाउको सुरक्षित राख्ने र जोखिमयुक्त वस्तुबाट बच्ने।
  6. - डिपार्टमेन्ट स्टोर वा प्रदर्शनी हलजस्ता ठूला व्यावसायिक केन्द्रमा हुँदा त्यहाँका सुरक्षाकर्मी वा कर्मचारीले भनेबमोजिम गर्ने।
  7. - सवारी साधन चलाउँदा बायाँतर्फ मोडेर पार्क गर्ने। निषेधित क्षेत्रमा नलाने।
  8. - पहिरो, ढुंगा, तथा चट्टान आदिबाट सावधान रहने।
  9. - सुरक्षित ठाउँतर्फ जाँदा अत्यावश्यक थोरै सामान मात्र बोकेर हिँड्ने।
  10. - हल्लाको पछि नलाग्ने। सही सूचना प्राप्त भएपछि मात्र सुरक्षित स्थलतर्फ लाग्ने। 

नेपालमा आइतबार गएको भूकम्प वि.स. १९९० सालपछिको सबैभन्दा ठूलो।

नेपालमा आइतबार बेलुका वि.स. १९९० सालपछिको सबैभन्दा ठूलो भूकम्प गएको छ । ताप्लेजुङ र सिक्किमको सिमानामा केन्द्रविन्दु रहेको भूकम्प ६ दशमलव आठ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
२ माघ १९९० मा संखुवासभाको चैनपुर केन्द्र भएर गएको भूकम्प आठ दशमलव चार रेक्टर स्केलको थियो । त्यस्तै ५ भदौ २०४५ मा उदयपुर केन्द्र भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । आइतबारको भूकम्प २०४५ सालको भन्दा शून्य दशमलव दुई रेक्टर स्केलले ठूलो भए पनि मानवीय क्षति भने त्योभन्दा कम भएको छ ।
आइतबारको भूकम्पबाट मुलुकभर पाँचजनाको मृत्यु भएको पुष्टि भएको छ भने एक सयभन्दा बढी घाइते छन् । जबकि २०४५ मा योभन्दा सानो भूकम्पबाट सात सय २१ जनाको ज्यान गएको थियो ।
'०४५ सालमा बिहान ४ बजेर ४५ मिनेटमा भूकम्प गएको थियो र धेरै मानिस सुतेको वेला भएर धेरै क्षति भएको थियो,' भूकम्पविद् एवं एनसेटका कार्यकारी निर्देशक आमोदमणि दीक्षितले आइतबार  भने, 'यसपालि सबै जागा भएको वेला भूकम्प गएकाले मानवीय क्षति कम देखिएको हो, अझै सबैतिरको विस्तृत विवरण आउन बाँकी नै छ ।' उनले मानवीय र भौतिक क्षति बढेर जाने सम्भावना रहेको बताए ।
खानी तथा भू-गर्भ विभाग मातहतको राष्ट्रिय भूकम्प मापन केन्द्रले आइतबार बेलुकीको ६ बजेर २५ मिनेट जाँदा भूकम्प गएको पुष्टि गरेको छ । केन्द्रले भूकम्पको कम्पन झन्डै एक मिनेटसम्म महसुस भएको जनाएको छ । 'ताप्लेजुङ र सिक्किमको सिमाना केन्द्र विन्दु गरेर ६ दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको छ,' केन्द्रका प्रमुख सोमनाथ सापकोटाले आइतबार बेलुका भने, 'यो मझौला किसिमको भूकम्प हो, त्यसैले झन्डै एक मिनेट मात्रै कम्पन भयो ।'
केन्द्रका अनुसार आठ रेक्टर स्केलभन्दा धेरै परिमाणका भूकम्पलाई ठूला भूकम्प र त्योभन्दा साना ६ रेक्टर स्केलसम्मका भूकम्पलाई मझौला भूकम्प भनिन्छ । त्यस्तै ६ रेक्टर स्केलभन्दा साना चार रेक्टर स्केलसम्मका भूकम्पलाई साना भूकम्प भनिन्छ । चार रेक्टर स्केलभन्दा साना भूकम्पबाट जमिन नहल्लने र विशेष प्रकारका उपकरणले मात्रै तिनीहरूको कम्पन पत्ता लगाउने केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्र र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल -एनसेट)ले केही दिनअघि नेपालको जमिनमुनि कम्तीमा आठ रेक्टर स्केलबराबरको भूकम्पको शक्ति सञ्चय भएकाले जुनसुकै वेला ठूलो भूकम्प जानसक्ने खतरा औँल्याएको थियो । नेपालमा हरेक ७० देखि एक सय वर्षको अन्तरालमा भूकम्प जाने गरेको इतिहास छ ।

Saturday, 25 June 2011

कस्तो साथी हुनुहुन्छ ?

साथी एउटा अनमोल सम्बन्ध हो । यो एक अलग र सहज सम्बन्ध पनि हो । यसको अपरिहार्यता, आवश्यकता एवं महफ्व परिस्थितिअनुसार फरक-फरक हुनसक्छ । यो सम्बन्धको अनुभूति अन्य सम्बन्धको तुलनामा फरक एवं विशेष पनि हुन्छ ।



१.    तपाईंको दृष्टिकोणमा साथी...

    क)    जीवनको दृष्टिकोणमा रत्न,

    ख)    अरू सम्बन्धजस्तै हो,

    ग)    आवश्यकताअनुसारको सम्बन्ध ।

२.    आवश्यक परेको बेला साथी नै काम लाग्छ भन्ने कुरामा तपाईं कति सहमत हुनुहुन्छ ?