Saturday 25 June 2011

औंलाबाटै प्राप्त हुन्छ बिरामीको संकेत

औंलाको लम्बाइबाट बुढेसकालमा हुने धेरै किसिमका रोगका बारेमा थाहा पाउन सकिने दाबी वैज्ञानिकहरूको छ । वैज्ञानिकहरूका अनुसार गर्भमै हुँदा मानिसको औंलाको लम्बाइ तय हुन्छ । त्यसैगरी टेस्टोस्टोरोन तथा एस्ट्रोजन हार्मोनले यसको लम्बाइमा प्रभाव पार्छ । बेलायतको स्वानसी विश्वविद्यालयमा गरिएको एक शोधअनुसार साहिँली तथा चोर औंलाको लम्बाइले क्यान्सर तथा अन्य ठूला स्वास्थ्य समस्यातर्फ संकेत गर्छ । साहिँली अाैंला चोर औंलाको तुलनामा लामो छ भने घुँडामा समस्या देखिने सम्भावना दोब्बर हुन्छ । शोधकर्ताले २ हजार मानिसमा गरेको शोध गरेर यस्तो नतिजा पत्ता लगाएका हुन् । शोधकर्ताहरूका अनुसार जुन मानिसको साहिँली औंला लामो छ उसलाई चिसो लाग्ने तथा बिरामी हुने सम्भावना चोर औंला लामो हुने मानिसको तुलनामा बढी हुन्छ ।

No comments:

Post a Comment