- -आफू र आफ्नो परिवारका लागि सुरक्षित ठाउँ पत्ता लगाउने।
- -झट्का थाहा पाउनेबित्तिकै आगोको स्रोत तत्काल बन्द गर्ने।
- -हतारमा आत्तिएर बाहिर नभाग्ने।
- -कम्तीमा एउटा ढोका खोल्ने।
- - घरबाहिर हुँदा टाउको सुरक्षित राख्ने र जोखिमयुक्त वस्तुबाट बच्ने।
- - डिपार्टमेन्ट स्टोर वा प्रदर्शनी हलजस्ता ठूला व्यावसायिक केन्द्रमा हुँदा त्यहाँका सुरक्षाकर्मी वा कर्मचारीले भनेबमोजिम गर्ने।
- - सवारी साधन चलाउँदा बायाँतर्फ मोडेर पार्क गर्ने। निषेधित क्षेत्रमा नलाने।
- - पहिरो, ढुंगा, तथा चट्टान आदिबाट सावधान रहने।
- - सुरक्षित ठाउँतर्फ जाँदा अत्यावश्यक थोरै सामान मात्र बोकेर हिँड्ने।
- - हल्लाको पछि नलाग्ने। सही सूचना प्राप्त भएपछि मात्र सुरक्षित स्थलतर्फ लाग्ने।
Monday, 19 September 2011
भूकम्प आउँदा जोगिने दश उपायहरु।
नेपालमा आइतबार गएको भूकम्प वि.स. १९९० सालपछिको सबैभन्दा ठूलो।
नेपालमा आइतबार बेलुका वि.स. १९९० सालपछिको सबैभन्दा ठूलो भूकम्प गएको छ । ताप्लेजुङ र सिक्किमको सिमानामा केन्द्रविन्दु रहेको भूकम्प ६ दशमलव आठ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

आइतबारको भूकम्पबाट मुलुकभर पाँचजनाको मृत्यु भएको पुष्टि भएको छ भने एक सयभन्दा बढी घाइते छन् । जबकि २०४५ मा योभन्दा सानो भूकम्पबाट सात सय २१ जनाको ज्यान गएको थियो ।
'०४५ सालमा बिहान ४ बजेर ४५ मिनेटमा भूकम्प गएको थियो र धेरै मानिस सुतेको वेला भएर धेरै क्षति भएको थियो,' भूकम्पविद् एवं एनसेटका कार्यकारी निर्देशक आमोदमणि दीक्षितले आइतबार भने, 'यसपालि सबै जागा भएको वेला भूकम्प गएकाले मानवीय क्षति कम देखिएको हो, अझै सबैतिरको विस्तृत विवरण आउन बाँकी नै छ ।' उनले मानवीय र भौतिक क्षति बढेर जाने सम्भावना रहेको बताए ।
खानी तथा भू-गर्भ विभाग मातहतको राष्ट्रिय भूकम्प मापन केन्द्रले आइतबार बेलुकीको ६ बजेर २५ मिनेट जाँदा भूकम्प गएको पुष्टि गरेको छ । केन्द्रले भूकम्पको कम्पन झन्डै एक मिनेटसम्म महसुस भएको जनाएको छ । 'ताप्लेजुङ र सिक्किमको सिमाना केन्द्र विन्दु गरेर ६ दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको छ,' केन्द्रका प्रमुख सोमनाथ सापकोटाले आइतबार बेलुका भने, 'यो मझौला किसिमको भूकम्प हो, त्यसैले झन्डै एक मिनेट मात्रै कम्पन भयो ।'
केन्द्रका अनुसार आठ रेक्टर स्केलभन्दा धेरै परिमाणका भूकम्पलाई ठूला भूकम्प र त्योभन्दा साना ६ रेक्टर स्केलसम्मका भूकम्पलाई मझौला भूकम्प भनिन्छ । त्यस्तै ६ रेक्टर स्केलभन्दा साना चार रेक्टर स्केलसम्मका भूकम्पलाई साना भूकम्प भनिन्छ । चार रेक्टर स्केलभन्दा साना भूकम्पबाट जमिन नहल्लने र विशेष प्रकारका उपकरणले मात्रै तिनीहरूको कम्पन पत्ता लगाउने केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्र र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल -एनसेट)ले केही दिनअघि नेपालको जमिनमुनि कम्तीमा आठ रेक्टर स्केलबराबरको भूकम्पको शक्ति सञ्चय भएकाले जुनसुकै वेला ठूलो भूकम्प जानसक्ने खतरा औँल्याएको थियो । नेपालमा हरेक ७० देखि एक सय वर्षको अन्तरालमा भूकम्प जाने गरेको इतिहास छ ।
Sunday, 21 August 2011
Subscribe to:
Posts (Atom)